च्याम्पियन्स लिगमा लिभरपुलको लगातार दोस्रो जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले इटालियन क्लब बोलोग्नालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले बोलोग्नालाई २-० गोल अन्तरले पराजित गरेको छ ।

लिभरपुलको जितमा एलेक्सिस म्याक अलिस्टर र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलले यस सिजनको च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ र लिभरपुलको २ खेलमा ६ अंक रहेको छ । त्यस्तै यो हारपछि बोलोग्नाको २ खेलमा एक अंक रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ७ : ५७ बजे