इजरायलका लागि दुई हजार एक सय बाह्र जनाको नाम सार्वजनिक

काठमाडौँ । इजरायल सरकारले रोजगारीका लागि आवेदन दिएकामध्ये गोला प्रथा (लट्री) मार्फत नाम सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलको पिवालाई पठाएको तीन हजार ४६१ जनाको सूचीबाट दुुई हजार दुई जनामध्ये दुुई हजार ११२ जनाको नाम सार्वजनिक गरेको हो । गोला प्रथामा छनोट भएका ८८ जनाको प्रमाणपत्र नै नक्कली भटिएकाले नाम हटाइएको विभागले जनाएको छ ।

विभागका अनुसार नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउँदै आएको छ । यसमा निजी क्षेत्रको संलग्नता छैन ।

इजरायलको विपाले सार्वजनिक गरेको नामावली अनुसार एक हजार १५६ महिला (६० प्रतिशत) र ९५६ पुरुष (४० प्रतिशत) गरी दुुई हजार ११२ जना छनोट भएका छन् । ‘नेपालस्थित इजरायली दूतावासको रोहवरमा गोला प्रथा गरिएको हो । श्रमिक छनोट प्रव्रिmयालाई पारदर्शी बनाउन गोला प्रथा गरिएको हो । यसरी छानिएकामध्ये पनि उचाइ तथा स्वास्थ्य परीक्षणको मापदण्डमा असफल भए कम्तीमा दुुई हजार उत्र्तीण हुुने विश्वास गरिएको छ ।

विभागका अनुसार विभागले तीन महिनाअघि माग गरेको आवेदन अनुसार चार हजार २४ जनाले निवेदन दिएकोमा एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला सट लिस्टमा छानेको थियो । सोही सट लिस्टबाट गोला प्रथा गरेर युवा छनोट गरिने छ । नेपाल र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक श्रमिक पठाउन साउन ११ गतेसम्म भर्ना प्रव्रिmयाको अन्तिम म्याद रहेको थियो । नामावली परीक्षणमा पर्न सफल उम्मेदवारलाई इजरायल सरकारको लट्ररी कार्यव्रmममा समावेश गराइएको विभागले जनाएको छ ।

यस पटक आवेदन माग गर्दा सुरु चरणबाटै पारदर्शी तथा निष्पक्ष तरिकाले भाषा परीक्षा गरिएका कारण छनोटमा कुनै विवाद नभएको दाबी गरिएको छ । पहिलो चरणमै छनोट भएका अधिकांश युवाले इजरायल जाने अवसर पाउन सक्ने देखिएको छ । आवेदकको सङ्ख्या र माग सङ्ख्यामा खासै फरक नहुने भएकाले पहिलो चरणमा छनोट भएका युवामध्ये अधिकांश इजरायल जान पाउने देखिन्छ ।

विभागका निर्देशक गुुरुदत्त सुुवेदीले हाल जिटुजी प्रव्रिmया अन्तर्गत केयरगिभरका रूपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा जारी छनोट प्रव्रिmयाका बारेमा इजरायलले चासो दिएकाले छनोट प्रव्रिmया पारदर्शी र निष्पक्ष गरेको दाबी दिनुुभयो । पछिल्लो समय भारत र बङ्गलादेशबाट श्रमिक लैजाने तयारी गरिरहेका बेला नेपालले तत्काल पठाउने आश्वासन दिएपछि आवेदन माग गरिएको हो ।

पछिल्लो समय रकेट तथा ड्रोन आव्रmमण भएपछि केही समयका लागि इजरायलका विभिन्न क्षेत्रमा हाई अलर्ट जारी गरिएको छ । इजरायलले श्रमिक स्रोत देशलाई आफ्नो देश सुरक्षित रहेको जनाउँदै श्रमिक पठाउन अनुरोध गरेपछि नेपालबाट अहिले पनि अघिल्लो वर्षका जान बाँकी रहेका नेपाली युवा गइरहेका छन् । विभागले हाल करार सम्झौता गरेर गत वर्षका बाँकी रहेका नेपालीलाई पठाइरहेको जनाएको छ ।

हाल इजरायलमा जिटुजीमार्फत इजरायलमा एक हजार एक सयभन्दा बढी कार्यरत रहेका बेला थप केयरगिभर लैजाने तयारी गरेको हो । नेपाल र इजरायलबिच २०७७ असोज १४ गते इजरायलको श्रम बजारमा नेपाली श्रमिकको रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यही सम्झौतालाई कार्यान्वयन गर्न २०७७ माघमा दुई देशबिच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ७ : ३२ बजे