भ्रातृ संस्थाको महाधिवेशन गराउन कांग्रेसले बनायो केन्द्रीय निर्देशन समिति

काठमाडौँ । नेपाली कांग्रेसले विभिन्न भ्रातृ संगठनहरुको महाधिवेशन गराउन महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।  

केन्द्रीय कार्यसमितिको साउन २३ गतेको निर्णय अनुसार कांग्रेसले नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको हो । महाधिवेशन २०८१ चैत्र मसान्सम्ममा अनिवार्य रुपमा सम्पन्न गर्न गराउन केन्द्रीय समितिले निर्देश गरेको थियो । 

विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्‍याई आवश्यक निर्देशन समेत गर्न सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम  भ्रातृ संस्थाहरूको महाधिवेशन केन्द्रीय निर्देशन समिति देहाय बमोजिम गठन गरेको छ ।  

नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति

१‍. सहमहामन्त्री उमाकान्त चौधरी — संयोजक
२. केन्द्रीय सदस्य पुष्पा भुसाल — सदस्य
३. केन्द्रीय सदस्य रुक्मिणी कोइराला — सदस्य

नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति

१. सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ — संयोजक
२. केन्द्रीय सदस्य सरिता प्रसाई — सदस्य
३. केन्द्रीय सदस्य जीतजंग बस्नेत — सदस्य

नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति

१. सहमहामन्त्री किशोर सिंह राठौर — संयोजक
२. केन्द्रीय सदस्य राजीव ढुंगाना — सदस्य
३. केन्द्रीय सदस्य प्रतिमा गौतम — सदस्य

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ५ : ३८ बजे