काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ६ हजार ४४७ जनामा परिक्षण गर्दा १६७ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, आज थप २२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७८ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५८३ पुगेको छ ।
प्रकाशित मिति : १० पुस २०७८, शनिबार ४ : १९ बजे
प्रतिक्रिया