दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

करीब ७० के.जी. गाँजा बरामद

काठमाडौँ –  सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित सीमा ईलाकाबाट पौष १० गते सशस्त्र प्रहरीले करीव ३० के.जी. गाँजा बरामद गरेको छ ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिले बरामद गरेको हो ।

यसैगरी सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका ११ स्थित कोशी बादबाट पौष ९ गते सशस्त्र प्रहरीले करीव ४० के.जी गाँजा बरामद गरेको छ ।

सोही ठाउँमा परालको कुन्यूमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाईनले बरामद गरेको हो ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १ : ५५ बजे