एनपीएलको ट्रफी सार्वजनिक

रविलाई भोलि काठमाडौं ल्याइने

वडाध्यक्षले हङकङबाट पठाउनुभयो राजीनामा

फुङ्लिङ (ताप्लेजुङ)। विगत ११ महिनादेखि हङकङमा रहनुभएका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिनुभएको छ ।

वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उहाँले यही असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा दिनुभएको हो ।

विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उहाँले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामामा उल्लेख गर्नुभएको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

हालै स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै निजमाथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १० : २१ बजे