सुनको मूल्यमा नयाँ कीर्तिमान

पपुवा न्युगिनीमा ५.० म्याग्निच्युडको भूकम्प

पोर्ट मोरेस्बी [पपुवा न्युगिनी] – पपुवा न्युगिनीको मध्य भागमा शुक्रबार ५.० म्याग्निच्युडको भूकम्प गएको  अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्प  २१:३४  जिएमटीम रेकर्ड गरिएको थियो ।  ६६ किलोमिटर (४१ माइल भन्दा बढी) तारी शहरको पश्चिममा उक्त भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पबाट कुनै पनि क्षति नभएको जनाइएको छ ।

पपुवा न्युगिनी भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा अवस्थित छ जसलाई रिङ अफ फायर भनिन्छ र यहाँ नियमित रूपमा शक्तिशाली भूकम्प आउने गर्दछ।

रासस-एएनआई / स्पुतनिक

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १ : ३९ बजे