‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्री र नेता नेपालबीचको भेटवार्ता सकियो : टर्‍यो राजीनामा दिने संकट

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

चपलीस्थित व्यवसायी तथा क्याप्टेन रामेश्वर थापाको घरमा उहाँहरूबीचको भेटवार्ता केही बेरअघि सकिएको हो ।
 वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताउनुभएको  ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै नेपालले तत्कालका लागि राजीनामाको संभावना टरेको र पार्टीको समस्या समाधान गर्न कार्यदल बन्ने बताउनुभयो । 

प्रधानमन्त्री  ओलीले संसदबाट विस्वासको मत लिन नसकेसँगै बैशाख २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई तिन दिनको समय दिएर आज बेलुकासम्म बहुमतको सरकार बनाउने समय दिनुभएको बेला नेता नेपाल पक्षले राजिनामा दिएर काग्रेंस माओवादी गठबन्धनलाई सहज बनाइदिने हो की भन्ने चर्चा थियो ।

त्यही संकट टार्न आज विहान नेकपा एमालेले बरिष्ठ नेता नेपालसहित चार नेतामाथि गरिएको कारबाही फिर्ता गर्ने देखि दिउसो दुई नेताहरु बीच भेटबार्ता गरेको थियो । 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ६ : १९ बजे