स्व.पत्रकार नानीराम नेपालको परिवारलाई प्रेस चौतारी काभ्रेले गर्‍यो ५० हजार सहयोग 

काभ्रे । स्व. पत्रकार नानीराम नेपालको परिवारलाई प्रेस चौतारी नेपाल, काभ्रेले रु ५० हजार ३१ सहयोग गरेको छ । 

हृदयघात भई असमाहिक निधन हुनुभएका स्व. पत्रकार नेपालको परिवारलाई  सहयोग गर्नका लागि  प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले सुरुवात गरेको सहयोग कोषमा  प्रेस चौतारी नेपाल काभ्रेसँग सम्बद्ध पत्रकारहरूबाट सङ्कलित उक्त रकम सहयोग गरिएको प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझीले जानकारी दिनुभयो ।

प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकका सह–संयोजक एवं नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकका सह–सचिव समेत रहनुभएका स्व. पत्रकार नेपालको परिवारलाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यसहित प्रेस चौतारी नेपाल सिन्धुपाल्चोक शाखाका अध्यक्ष विदुर आचार्यमार्फत सहयोग रकम हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

पत्रकार नेपालको हृदयघात भई गत मङ्सिर २ गते धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । 

 

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ९ : ५१ बजे