‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण

दमक  । झापाको दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको छ । 

अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पनीले दमक नगरपालिका मातहतको दमक अस्पताललाई अक्सिजन प्लान्टको जिम्मा दिएको हो ।

विश्व बैङ्कको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’ अन्तर्गत रहेर सो अक्सिजन प्लान्ट बनेको अस्पतालका अध्यक्षसमेत रहनुभएका दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताउनुभयो । डेढ वर्ष अघिदेखि सो काम सुरु भएको थियो ।

कम्तीमा तीन वर्षसम्मको सञ्चालन तथा मर्मत सम्भारको काम युनाइटेड नेसन अफिस फर प्रोजेक्ट सर्भिसेज (युएनओपीएस) मार्फत हुने जनाइएको छ । 

प्रतिघण्टा ४० घन मिटर उत्पादन क्षमताको प्लान्टले अब यस क्षेत्रमा अक्सिजनको समस्या नहुने अधिकारीले जानकारी दिनुभयो ।

अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भइरहेकाले अब हरेक शय्यामा पाइप लाइनबाट अक्सिजन पुर्‍याउने लक्ष्य छ । विसं २०७३ मा स्वास्थ्य चौकीबाट स्तरोन्नति भएर हाल १५ शय्याको रूपमा दमक अस्पताल बनेको हो । 

अस्पतालले २४ सै घण्टा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालले दैनिक सरदर एक हजार हाराहारीमा विपन्न समुदायका लागि स्वास्थ्य बीमा सहितका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।  रासस

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : ५३ बजे