सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

दाउन्ने सडक आज बेलुकी बन्द हुने

काठमाडौं । नारायणघाट–बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने सडक आज बेलुकी बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले एक सूचना जारी गर्दै सोमबार भासिएको सडक मर्मत गर्न बेलुकी १० बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने जानकारी दिएको हो ।

प्रशासनले भनेको छ, ‘दाउन्ने जंगलको खुर्साने खोलास्थित पूर्व(पश्चिम राजमार्गको सडकखण्डमा अविरल वर्षाले सडक ‘रिटेनिङ वाल’ भत्किएको, करिब ४ मिटर सडक भासिएको साथै विद्युत प्रसारणको ‘हाई टेन्सन टावर’ समेत ढलेको कारणबाट पूर्ण रुपमा यातायात सेवा अवरुद्ध हुन गएकोमा मिति २०८१/०६/१५ गते विहान ०८:४५ बजेदेखि यातायात संचालनमा आए तापनि सडक मर्मत गरी सहज रुपमा यातायात संचालनमा ल्याउने प्रयोजनका लागि यही मिति २०८१ /०६ /१५ गते राति १०:०० बजेदेखि मिति २०८१/०६/१६ गते विहान ०५:०० बजेसम्मका लागि बर्दघाट बजारदेखि जिल्लाको पूर्वी सीमाक्षेत्र दाउन्ने बजारसम्म यातायातका अत्यावश्यक बाहेकका सम्पूर्ण साधनहरु संचालनमा रोक लगाइएकोले यो सूचना जारी गरिएको छ ।’

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  २ : ५० बजे