सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

बंगलादेशविरुद्धको टेस्ट सिरिजमा भारतको क्लीन स्वीप

काठमाडौँ । भारतले बंगलादेशविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ । मंगलबार दोस्रो टेस्ट ७ विकेटले जतेर भारतले २ खेलको सिरिज २-० ले जितेको हो ।

यस टेस्टमा बंगलादेशले भारतलाई ९५ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य भारतले ३ विकेट गुमाउदै पुरा गरेको थियो ।

खेलको तीन दिन बर्षाले प्रभावित बनेपछि चौथो दिनको खेल सकिदा बंगलादेशले दोस्रो इनिंग शुरु गरेको थियो  । चौथो दिनको खेल सकिदा बंगलादेशले २ विकेट गुमाएर २६ रन बनाएको थियो र भारतभन्दा २६ रनले अझै पछाडी रहेको थियो । खेलको पाँचौं दिन बंगलादेश आफ्नो दोस्रो इनिंगमा केवल १४६ रन बनाएर अल आउट भएपछि भारतले ९५ रनको लक्ष्य पाएको थियो ।

यस अघि भारतले आज आफ्नो पहिलो इनिंगमा ९ विकेट गुमाउदै २८५ रन बनाएर इनिंग घोषणा गरेको थियो । भारतले पहिलो इनिंगमा ५२ रनको अग्रता लिएर इनिंग घोषणा गरेको थियो । त्यस्तै बंगलादेश आफ्नो पहिलो इनिंगमा २३३ रन बनाएर अल आउट भएको थियो । 

भारत र बंगलादेशले अब आइतबरदेखि ३ खेलको टी-२० सिरिज खेल्दै छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  २ : ३४ बजे