सडक यातायात क्रमशः सहजतातर्फ

टिकटक युजरका लागि सन्सिल्ककाे ‘सन्सिल्क भाइब्स’ अभियान सुरु

काठमाडौं । सन्सिल्कको ‘सन्सिल्क भाइब्स’ अभियान सुरु भएको छ । तीन वर्षदेखि मनाउँदै आइरहेको सो अभियान असोज ११ देखि सुरु भई मङ्सिरसम्म चल्ने जनाइएको छ ।

जहाँ नेपालभरका सहभागीहरूले आफ्नो ‘माई हेयर, माई भाइब्स’ क्षणहरू सामाजिक सञ्जालमा सेयर गर्दै यस प्रतिस्पर्धामा भाग लिन सक्नेछन् । साथै, उनीहरूले सन्सिल्क ग्याङ अफ गर्ल्सको अर्को संस्करणमा पनि सहभागी हुन सक्ने जनाइएको छ ।

प्रतिस्पर्धामा भाग लिनका लागि, सन्सिल्क भाइब्सको गीतमा आधारित टिकटक भिडियो वा इन्स्टाग्राम र फेसबुक रिल्स बनाएर आफ्नो सन्सिल्क स्टाइल र व्यक्तित्व देखाउनु पर्नेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १ : ०७ बजे