सडक यातायात क्रमशः सहजतातर्फ

काठमाडौं उपत्यकामा दशैंभरी पेट्रोल पम्प खुल्ने, २ दिनमात्र बन्द रहने

काठमाडौं । काठमाडौं उपत्यकामा दशैंको दुईदिन मात्र पेट्रोल पम्प बन्द हुने भएको छ ।

दशैंमा इन्धन अभाव हुन नदिने विषयमा नेपाल आयल निगमले डिलरहरुलाई बोलाएर छलफल गरेको र छलफलमा दशैंको दुई दिन मात्र काठमाडौंमा पेट्रोल पम्प बन्द गर्न सहमति भएको बुझिएको छ ।

नेपाल आयल निगमका अनुसार दशैंको टिकाको दिन अर्थात असोज २६ र २७ गतेमात्र बन्द गरिने तयारी भएको छ । तर यो कुराको आधिकारिक जानकारी भने केही दिनमै विज्ञप्ति निकालेर सार्वजनिक गर्ने तयारी निगमले गरेको छ ।

त्यस्तै उपत्यका बाहिर भने डिलरहरुसँग कुन कुन दिन बन्द गर्न चाहेका हुन् भनेर जवाफ निगमले माग गरेको छ । उनीहरुको जवाफपछि उपत्यका बाहिर पनि कति दिन बन्द हुने भन्ने तय हुने पनि निगमले बताएको छ ।

त्यसो त नेपाल आयल निगमसँग कुल ७८ हजार किलोलिटर इन्धन स्टक राख्न सक्ने क्षमता रहेको छ । अहिले उक्त क्षमतामा करिब ७० प्रतिशत इन्धन मौज्दात रहेको आयल निगमले बताएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ११ : १९ बजे