‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नक्कली जस्तो देखिने नेपाली नोटसहित दुई जना पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने मकवानपुर गढी गाउँपालिका-१ घर भएकी ३९ वर्षीया माया तामाङ र कीर्तिपुर नगरपालिका-३ बस्ने रौतहट गुजरा नगरपालिका- २ घर भएका ३५ वर्षीय गन बहादुर लोप्चानलाई नक्कली जस्तो देखिने नेपाली नोट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित फुटपाथमा तरकारी किन्ने क्रममा तामाङले नक्कली नेपाली नोट लिई आएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई ५ सय दरको ९ थान नक्कली जस्तो देखिने नेपाली नोट सहित फेला पारी पक्राउ गरेको हो । 

साथै थप अनुसन्धान गर्ने क्रममा प्रहरीले गन बहादुरलाई नियन्त्रणमा लिई उनको कोठा तलासी गर्दा १ हजार दरको ५१ थान, ५ सय दरको ५७ थान, १ सय दरको २ थान नक्कली  जस्तो देखिने नेपाली नोट, १ थान प्रिन्टर मेसिन, फोटो कपी पेपर तथा उक्त नोट बनाउन प्रयोग गरिने मेसिन र जाली जस्तो देखिने नोटलाई सक्कली जस्तो देखाउनका लागि  security thread बनाउने कच्चा पदार्थ लगायतका विभिन्न सामानहरु फेला पारी बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  १२ : १५ बजे