धादिङको मलेखुमा सुख्खा पहिरो : सडक पूर्णरुपमा अवरुद्ध, राति पन्छाउन नसकिने

काठमाडौँ । पृथ्वी राजमार्ग पहिरोले पूर्ण अवरुद्ध भएको छ ।

धादिङको मलेखु नजिक परेवा भिरमा आएको पहिरोका कारण सडक दुइतर्फी बन्द भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

सोमबार साँझ साढे ७ बजे गएको पहिरो पन्छाउन सुरक्षा निकाय खटिरहेको भएपनि रातिनै पन्छ्याउन नसकिने अवस्था रहेको प्रहरीले जानकारी दिएको छ ।

साथै प्रहरीले सम्पूर्ण सवारी चालकहरुले आ-आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी राख्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ९ : ११ बजे