‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघिबाट बैठक बसिरहेको माओवादी नेतृ पम्फा भुषाले बताउनुभयो । 
पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको उहाँले बताउनुभयो । स्थायी कमिटीको बैठक बस्नुअघि अध्यक्ष प्रचण्डले देउवासँग छलफल गरेका थिए । बहुमतिय सरकार गठनका लागि राष्ट्रपतिले छुटयाइदिएको समयसीमा आज राती ९ बजे सकिदै छ । अध्यक्ष प्रचण्ड र देउवाबीच आज भएको छलफलमा कुनैपनि हालतमा आफुहरुकै गठबन्धलाई बहुमत पुरयाउने बिषयमा सहमति भएको स्रोतले बताएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ५ : ३२ बजे