सुनको मूल्यमा नयाँ कीर्तिमान

सानिमा जनरलले बोलायो साधारणसभा, सेयरधनीले लाभांश नपाउने

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ३० पुसमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले बिहान ११ बजे स्मार्ट क्याफे एण्ड बैङक्वेट, धुम्बाराहीमा चौथो वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश प्रस्तावको कुनै एजेण्डा नै छैन । यसअनुसार सेयरधीको हात खाली हुनेछ । सञ्चालक समितिले पेस गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ ।  लेखा परीक्षणको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित एनएफआरएस बमोजिमको वित्तीय विवरणहरू माथि छलफल हुने लगायतका एजेण्डा छन् ।

सभा प्रयोजनको लागि कम्पनीले १९ पुसमा बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, १८ पुषसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्रै सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ४ : ०६ बजे