बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या २०० पुग्यो

काठमाडौँ । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०० पुगेको छ ।

नेपाल प्रहरीका अनुसार सोमबार साढे ३ बजेसम्मको अपडेट अनुसार २०० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, २६ जना अझै बेपत्ता छन् भने बाढी पहिरोबाट उद्धार गरिएका १२७ जना घाइते रहेका छन् ।

अहिलेसम्म काभ्रे, ललितपुर र सिन्धुली लगायतका जिल्लाबाट हेलिकप्टरमा २९४ भन्दा बढीको उद्धार गरिएको छ भने अहिलेसम्म कुल ४ हजार २२२ जनाको उद्धार गरिएको छ ।  

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ४ : २९ बजे