‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नयाँ सरकार गठनमा दावी गर्ने देउवा र प्रचण्डबीच सहमति

काठमाडौं । बहुमतिय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिन लाग्दा दलहरु तिब्र छलफलमा जुटेका छन् । त्यसै अनुरुप नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटवार्ता सकिएको छ ।  देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा कुनैपनि हालतमा नयाँ सरकार गठनका लागि विपक्षी दल तयार हुन देउवा र प्रचण्डबीच सहमति भएको स्रोतले जनाएको छ । आफनो पक्षमा बहुमत जुटाउन आजदिनभर नेताहरु व्यस्त देखिएका छन् । देउवा र प्रचण्डबीचको बार्ता सकिएपनि प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालवीच पनि वार्ता चलिरहेको छ । त्यस्तै महन्थ ठाकुरपनि आफनो आन्तरिक तयारीका लागि छलफलमै केन्द्रित छ ।

यद्यपी उनिहरुको गठबन्धनमा अहिलेसम्म बुहमत पुगेको छैन ।
 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ४ : २९ बजे