झ्याप्लेखोलाबाट २५ शव निकालियो

बालक  उद्धारकर्ता ‘भाइरल’ जिफन्टका  बिक्की श्रेष्ठको अनुभव 

काठमाडौँ । शनिवार बेलुकादेखि एउटा मार्मिक  र साहसी फोटो फेसबुकमा भाइरल बन्यो । भिडियोमा – एउटा सानो बालकलाई बोटमा राखेर एक युवाले उद्धार  गरिरहेको दृष्य देखिन्थ्यो । विपद्मा उद्धार हुन सकेन भनेर चिन्ता र चासो भइरहेका बेला एक सानो बालकलाई मायालु भावले बोटको अगाडि राखेर डुबान क्षेत्रबाट बोट तारिरहेका यीको दृश्यसँगै यी युवाको सोध खोज हुनु स्वाभाविक नै थियो । 

धेरैले ती युवाको साहस र सहयोगको मुक्त कण्ठले प्रशंसा गरे । बालकको उद्धार गर्ने युवा हुनुहुन्छ बिक्की श्रेष्ठ । 

श्रेष्ठ एमाले निकट ट्रेडयुनियन महासंघका युवा फाँट अध्यक्ष हुनुहुन्छ श्रेष्ठ । उहाँले नै त्यो बालकको उद्धार गर्नु भएको थियो। 

विक्की श्रेष्ठसहित १८ जना जिफन्टको टोली शनिवार बिहान १० बजेदेखि नै ‘हाइ एलर्टमा’  थियो । उहाँहरू  मौसम विज्ञान विभागले जारी गरेको सूचनाका आधारमा कतै केही परे उद्धार गर्नका लागि तयार रहनु भएको थियो । शनिवार बिहान पानी  पर्दै गएपछि उहाँहरू कलंकी क्षेत्रबाट हिँड्दै अवस्थाको अवलोकन गर्दै हुनुहुन्थ्यो। 

दिउँसो तीन बजे कुलेश्वर आइपुग्दा (पुरानो भन्सार) क्षेत्रमा घर डुबेको देख्नु भयो । त्यसपछि उहाँहरु सानो डुंगाका सहाराले त्यसतर्फ लाग्नु भयो । केही समयपछि ठुलो डुंगा तरेर आउनेहरूको ताँती नै फेला प–यो । तै पनि उहाँहरू ढुङ्गामा गस्ती गर्न छोड्नु भएन । केही समय गस्ती गर्न साथ तीन जना बालक रोइरहेको अवस्थामा फेला पार्नुभयो । त्यसैक्रममा बिक्की श्रेष्ठको ढुङ्गामा उद्दार भयो आठ महिनाका बालक ।

श्रेष्ठले टेकु पुलमा पर्खिरहेकी आमालाई बालक बुझाउनु भयो। त्यसपछि आमा निकै भावुक र खुसी हुनु  भएको श्रेष्ठले चक्रपथलाई बताउनुभयो । 

उद्धारमा खटिनु भएका श्रेष्ठलाई बालकको बाउ आमा र  उनकोसमेत नाउँ थाहा छैन। ‘हामी एकदमै हतारमा थियौँ, पुलमा आफ्नो बालक पर्खिरहेकी आमालाई बुझायौँ, उहाँ एकदमै खुसी हुनुभयो’ श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार बालक रोइरहेको थियो, केही भन्दा पनि रुन छोडेको थिएन, आमालाई बुझाएपछि लामो सास फे¥यो र रुन बन्द ग¥यो ’ श्रेष्ठले भन्नुभयो । श्रेष्ठले भन्नुभयो– हामीले बालक आमालाई बुझाउँदा उहाँ एकदम खुसी हुनुभयो, र म्याइ खाँदै गर्लम्म अँगालो हाल्नुभयो । 

चक्रपथले आइतबार फोन गर्दै गर्दा श्रेष्ठको टोली कीर्तिपुरको एउटा आश्रममा  हिलो पन्छाउने काममा व्यस्त हुनुहुन्थ्यो । चक्रपथसँग उहाँले भन्नुभयो – जीवनमा धेरै काम गरियो, तर शनिवारका त्यो बालकको उद्धार गरेपछि मलाई धेरै पुण्यको काम गरे  जस्तो लागेको छ । रामेछापको चिसापानी घर भएका श्रेष्ठले भन्नुभयो ‘ हामी यसबेला कीर्तिपुरको आश्रममा सफा गर्न लागि रहेको छौ, स्थानीय सरकार हराएको देख्यौँ ।’

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ३ : ४० बजे