दलित गाउँका पहिलो शिक्षक

बागमती लोकसेवाले माग्यो यी पदमा कर्मचारी (विवरणसहित)

​​​​​​​काठमाडौं । बागमती प्रदेश लोकसेवा आयोगले खुला, समावेशी तथा आन्तरिक प्रतियोगिताबाट कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

लोकसेवाले प्राविधिक तथा अप्राविधिक र स्वास्थ्य सेवातर्फ ३९ पदका लागि विज्ञापन आह्वान गरेको हो । खुला तथा समावेशीतर्फ सबैभन्दा बढी तथ्यांक सहायक पदमा १० जना माग गरेको छ । त्यसपछि खुला तथा समावेशीमै हेल्थ असिस्टेन्टका लागि ७ सिट छुट्याइएको छ ।

त्यस्तै खुला तथा समावेशीतर्फ प्राविधिकमा पाँच, खुल्लातर्फ सब इन्जिनियरमा पाँच, खुलातर्फ कम्प्युटर अपरेटरतर्फ पाँच जना आह्वान गरेको छ । 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ९ : ४१ बजे