काठमाडौं । नागढुंगा सुरुङमार्गबाट अत्यावश्यक सवारी साधनहरुलाई प्रवेश गर्न दिइएको छ ।
सुरुङमार्ग नजिक झ्याप्ले खोलामा आएको पहिरो हटाउने कार्य जारी रहेकाले सडक खुल्न समय लाग्ने भएपछि अत्यावश्यक सवारी साधनलाई सुरुङमार्गमा प्रवेश दिइएको हो ।
काठमाडौं भित्रिने दूध बाकेको ट्याङ्कर, कुखुरा बाकेको गाडीलाई प्रवेश दिइएको छ भने एम्बुलेन्सलाई दुईतर्फीबाट प्रवेश गर्न दिइएको छ ।
प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार १२ : १० बजे
प्रतिक्रिया