‘एउटै नाउरको सिकार गर्न २३ लाख’

यू–१९ एसिया कपः बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ  । ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ । 

बंगलादेश  नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।

नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहिको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ । 

यस्तो छ नेपाली टिमः 
नेपालका लागि देव खनालको कप्तानीमा हुने खेलमा उपकप्तानमा शेर मल्ल रहनेछन् । खेलको मुख्य प्रशिक्षकमा बसन्त कार्की रहेका छन् । त्यस्तै खेलाडीहरुमा दिपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदील अन्सारी, तिलकराज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैशी, अर्जुन साउद, राहुल भण्डारी रहेका छन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ८ : ५४ बजे