‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

ओमिक्रोन वेभ अन्य भेरियन्टको तुलनामा मध्यम : वैज्ञानिक

एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण ‘वेभ’ अन्य भेरियन्टको तुलनामा मध्यम स्तरको भएको बेलायतमा गरिएको पछिल्लो एक अध्ययनले जनाएको छ । यसअघि दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनमा पनि ओमिक्रोन वेभ मध्यम स्तरकै देखिएको थियो ।

ओमिक्रोनबाट संक्रमितमध्ये थोरै मात्र अस्पताल भर्ना हुने गरेको तर संक्रमण दर भने तीब्र भएको अध्ययनमा जनाइएको छ । संक्रमित बढे पनि अस्पताल भर्ना हुने संख्यामा करिब दुई तिहाइले कमी आएको पब्लिक हेल्थ स्कटल्यान्डका कोभिड–१९ निर्देशक डा जीम म्याकमेननिनले बताउनुभयो ।

बेलायतमा कोभिडबाट संक्रमित हुनेको संख्या तीव्र बढिरहेको छ । बुधबार मात्र एक लाखभन्दा बढी संक्रमित भेटिएका थिए ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ८ : ३५ बजे