झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकालियो

धादिङ । पृथ्वी राजमार्गको धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनका १४ शव निकालिएको छ ।

काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट शनिबार साँझ १४ जनाको शव निकालेको प्रहरीले जानकारी दिएको छ ।

बुटवलबाट काठमाडौँ आउदै गरेको लु १ ज ४५७८ नम्बरको विङ्गरबाट ५ जना र अर्को नम्बर खुलि नसकेको बसबाट ९ शव निकालिएको प्रहरीले जनाएको छ । हाल खोजी कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।

लेदोसहितको पहिरो आउदा झ्याप्ले खोलामा दुई सवारी साधन पुरिएका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : ३१ बजे