‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बाँकेमा दुई लाखले लगाए कोरोना विरुद्धको खोप

नेपालगञ्ज । बाँकेमा करिब दुई लाखले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार लक्षित उमेर समूह १८ वर्ष माथिका ४ लाख ६ हजार १ सय ६५ जना मध्ये एक लाख ९७ हजार पाँच सय १७ जनाले खोपको दुवै मात्रा लगाएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका खोप कार्यक्रमका फोकल पर्सन नरेश श्रेष्ठले खोप लगाउने लक्षित समूह १८ वर्ष उमेर माथिका ४ लाख ६ हजार १ सय ६५ जना मध्ये ४८.६ प्रतिशतले मात्र खोपको दोस्रो मात्रा पुरा गरेका छन् । पहिलो डोज लगाउनेको सङ्ख्या भने दुई लाख ६४ हजार चार सय ९१ छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार ६५.१ प्रतिशतले पहिलो डोज खोप लगाए पनि दोस्रो डोजको खोप नलगाउने ६६ हजार ९ सय ७४ रहेका छन् ।

उहाँले अझै जिल्लामा १ लाख ४१ हजार ६ सय ७४ जना मानिसहरू खोपको पहुँचदेखि बाहिर रहेको जानकारी दिनुभयो । 

“खोपको पहुँचमा नरहेका ती व्यक्तिलाई खोपको पहुँचमा ल्याउन जिल्लाका आठ वटै पालिकामा शनिवार बाहेक अन्य बार नियमित खोप लगाउने अभियान सञ्चालन गरेका छौँ ।” उहाँले भन्नुभयो । 

बाँकेमा कोरोना विरुद्धको खोप लगाउन छुटेकालाई खोप लगाउनको लागि पुनः पहल गर्ने गरी योजना निर्माण गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले पालिका अनुसार खोप लगाउन छुटेका सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरका ३२ हजार ४ सय १८, राप्ती सोनारीका २२ हजार ८ सय ६४, बैजनाथ गाउँपालिका २० हजार ७ सय ४७, कोहलपुर १६ हजार ८ सय ३३, नरैनापुर १५ हजार ५ सय ९४, खजुरा ११ हजार ८ सय ५०, जानकी ११ हजार २ सय ४९, डुडुवा  १० हजार १ सय १९ जना रहेका छन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ७ : २८ बजे