काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भोटेकोसी नदीले लार्चाको पुल बगाएको छ ।
शनिबार बिहान भोटेकोसी गाउँपालिकास्थित लार्चाको पुल बगेपछि तातोपानी नाकासँगको सम्पर्क टुटेको छ ।
अहिले भोटेकोसीको जलसतह बढ्दो क्रममा रहेकाले तातोपानी, बाह्रबिसे लगायतका बजार तटीय क्षेत्र जोखिममा परेका छन् ।
प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार ११ : २५ बजे
प्रतिक्रिया