मन्थली विमानस्थलमा पानी पस्यो

बाढीले हेवा खोलाको बेलिब्रिज बगायो

फिदिम। मेची राजमार्गमा रहेको हेवा खोलामा अवस्थित बेलिब्रिज बाढीले बगाएको छ । शनिवार बिहान ९ बजे बाढीले बेलिब्रिज बगाएको हो ।

मेची राजमार्गको इलाम फिदिम सडक खण्डमा हेवा खोलामा रहेको पक्की पुल २०८० असार २ गते आएको बाढीले बगाएपछि त्यहाँ २९ दिन लगाएर बेलिब्रिज लगाइएको थियो ।

दशैको मुखमा पुल बगेसँगै ताप्लेजुङ सहित पाँचथर जिल्लाका हिलिहाङ र याङवरक गाउँपालिका सडक सम्पर्क विच्छेद भएका छन ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : ५५ बजे