सरकारले तीन दिनमा १७ हजार ३४१ वटा अक्सिजन सिलिण्डर वितरण गर्यो

काठमाडौं – सरकारले देशमा अक्सिजनको अभाव हुन नदिन तीन दिनमा १७ हजार ३४१ अक्सिजनको सिलिण्डर विभिन्न अस्पतालहरुलाई वितरण गरेको छ ।

अक्सिजन सिलिण्डरको अभाव रहेको अवस्थामा कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) ले काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरुमा १७ हजार ३४१ अक्सिजन सिलिण्डर वितरण गरेको  जनाएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) ले वैशाख २७ गते ७७ वटा अस्पतालहरुमा तीन हजार ४११ वटा , वैशाख २८ गते ११२ वटा अस्पतालहरुमा छ हजार ४५७ वटा र वैशाख २९ गते १११ वटा अस्पतालहरुमा ७,४७३ वटाअक्सिजन सिलिण्डर वितरण गरेको छ ।

हाल काठमाडौँ उपत्यकाका लागी आवश्यक अक्सिजन सिलिण्डर  सिसिएमसी सचिवालयले वितरण गर्ने जिम्मा लिएको छ भने यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट वितरण हुँदै आएको थियो .

अक्सिजन सिलिण्डरको अभाव भएसँगै नेपाल प्रहरीको सहयोगमा खाली सिलिण्डर संकलन गर्ने कार्यको सुरुवात गरिएको थियो . संकलन पश्चात ती सिलिण्डरहरु विभिन्न अस्पतालहरुमा वितरण गरिएको थियो ।

मन्त्रीपरिषद्ले अक्सिजन सिलिण्डरको थप आवश्यकता पर्न सक्ने कुरालाई मध्येनजर गर्दै ५० हजार खाली सिलिण्डर विदेशबाट झिकाउने निर्णय समेत गरिसकेको छ  । 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ३ : ४७ बजे