काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
११ हजार ६२६ जनाको नमूना परीक्षणमा २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआरबाट २४१ र एन्टिजेनबाट ५२ जना गरि २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
बिहीबार २६३ जना कोरोनाबाट कोरोनामुक्त भएका छन् । हाल ५ हजार १६१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८१ पुगेको छ ।
प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार ३ : ४१ बजे
प्रतिक्रिया