दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

‘हाम्रो डक्टर एप्स’ मार्फत कोरोना परामर्श सेवा शुरु

काठमाडौँ – हाम्रो डक्टर अनलाइनले ‘हाम्रो डक्टर मोबाइल एप्स’मार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरु गरेको छ । मोबाइल एप्समार्फत चिकित्सकसँग सःशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको सो अनलाइनले कोभिड अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले बुधबारदेखि निःशुल्क परामर्श सेवा शुरु गरेको हो ।
 
एप्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उद्धवराज भेटुवालले गुगल र एप्पल स्टोरमा उपलब्ध मोबाइल एप्लिकेशनको परामर्श सेक्सनमा गएपछि आउने कोरोना कन्सल्टेशनमा प्रयोगकर्ताले बिनाशुल्क चिकित्सकसँग परामर्श गर्नसक्ने बताउनुभयो । “एकपटक शुरु गरेपछि एक हप्तासम्म प्रयोगकर्ताले चिकित्सकसँग परामर्श लिन, आफ्ना रिपोर्ट पठाउन र निगरानीमा रहन सक्नेछन्”, उहाँले भन्नुभयो ।

त्यस्तै हाम्रो डक्टरले इन्टरनेटको सुविधा नपुगेका ठाउँ र मानिसलाई लक्ष्य गरेर डाइरेक्ट हटलाइन सेवा पनि शुरु गरेको छ । चिकित्सकसँग कोरोनासम्बन्धी जानकारी र परामर्श लिनका लागि ९८०२३१५२२६, ९८०२३१५२२७ र ९८०२३१५२२८ नम्बरका तीनवटा हटलाइन नम्बर सार्वजनिक गरेको छ ।

उक्त नम्बरमा फोन गरेर डक्टरसँग परामर्श लिन सकिने सिइओ भेटुवालले बताउनुभयो । सन् २०१६ देखि सञ्चालनमा आएको हाम्रो डक्टर एप्सबाट चिकित्सक, अस्पताल, एम्बुलेन्सलगायत सेवाग्राहीका बारेमा जानकारी लिनुका साथै विशेषज्ञ चिकित्सकसँग अनलाइन परामर्श, अस्पतालको टिकट खरिद, हेल्थ प्याकेज खरिदलगायत सेवा लिन सकिन्छ ।

चन्द्रागिरिमा सर्वदलीय समिति’ निर्माण गरिने

चन्द्रागिरि नगरपालिकामा कोरोना व्यवस्थापनका लागि सर्वदलीय समिति निर्माण गरिने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा बसेको राजनीति दलको सर्वपक्षीय बैठकले नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर सर्वदलीय समिति निर्माण गर्ने निर्णय गरेको हो । 

सर्वदलीय समितिले नगरपालिकाभित्र बढ्दो कोरोना सङ्क्रमणलाई रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै कोरोना सङ्क्रमितको उपचारलाई प्रभावकारी बनाउँदै लैजाने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका स्थानीय नेता एवं सञ्चारकर्मी रोशन दानीले राससलाई जानकारी दिनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेत्री एवं वाग्मती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेमगरको संयोजकत्वमा बन्ने समितिमा विभिन्न राजनीति दलका दुई नेता समितिका सदस्य रहनेछन् । समितिमा बस्ने सदस्यको नाम प्रत्येक पार्टीले आजसम्म पठाइसक्नुपर्ने नेता दानीले बताउनुभयो । सर्वदलीय बैठकले आफ्नो पार्टीका जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण व्यवस्थापनमा आवश्यक निर्देशन दिन सक्नेछन् । 

बैठकमा सांसद आलेमगर, नेपाली काँग्रेसबाट प्रदेशसभा सदस्य उम्मेदवार धर्मानन्द श्रेष्ठ, नेकपा एमाले चन्द्रागिरि नगर समितिका अध्यक्ष राजु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नेता देवकृष्ण महर्जन, नेपाल मजदुर किसान पार्टीका नेता गुणदास महर्जन, राष्ट्रिय जनमोर्चाका नेता दानीलगायतको सहभागिता थियो ।
 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ३ : २३ बजे