प्रधानमन्त्री ओलीलाई राष्ट्रपति वाइडेनद्वारा स्वागत

न्युयोर्क (अमेरिका)। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भागलिने सिलसिलामा न्युयोर्क रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ ।

न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा राष्ट्रपति वाइडेनले आज आयोजना गर्नुभएको उक्त समारोहमा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यसहित महासभामा भाग लिन आउनुभएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : ३० बजे