सुनको मूल्यमा नयाँ कीर्तिमान

वीरगञ्ज नाकाबाट पाँच महिनामा रु ८८ अर्ब राजस्व सङ्कलन

​​​​​​​वीरगञ्ज । देशकै मुख्य व्यापारी नाका वीरगञ्जबाट आयात तथा निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा उल्लेख्य सुधार भएको छ । 

गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशत भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।

आर्थिक वर्ष २०७७/७८को साउनदेखि मङ्सिर मसान्त सम्मको पाँच महिनामा रु  ५८ अर्ब १५ करोड ९९ लाख राजस्व सङ्कलन गरिएकामा चालू आवको सोही अवधिमा रु ३० अर्ब ५३ करोड ९२ लाख बढी अर्थात् ८८ अर्ब ६९ करोड ९२ लाख  राजश्व सङ्कलन भएको  छ । यो गत आवको तुलनामा ५२दशमलव५० प्रतिशत बढी हो ।

विभागले चालू आवको साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा रु ८२ अर्ब ६१ करोड २५ लाख राजस्व सङ्कलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा रू छ अर्ब आठ करोड ६६ लाख बढी  राजस्व सङ्कलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । 

उहाँले देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलगायत वस्तुको आयात बढेकाले राजस्व सङ्कलनमा सुधार देखिएको बताउनुभयो ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा रु ५४ अर्ब ७३ करोड ५७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा  कार्यालयले लक्ष्यभन्दा रु तीन अर्ब ४२ करोड ४१ लाख बढी राजस्व सङ्कलन गरेको थियो ।

नेपालका लागि हुने इन्धन आयातबाट सङ्कलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले जनाएको  छ । 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १२ : १० बजे