धादिङको चिरौदीमा सुक्खा पहिरो, कारसहित पुरिएका चार जनाको सकुशल उद्धार

काठमाडौँ । धादिङको चिरौदीस्थित पृथ्वी लोगमार्गमा सुख्खा पहिरो जादा कार पुरिएको छ ।

कारमा सवार ४ जनाको सकुशल उद्धार गरी बैरेनी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

सुख्खा पहिरोले सडक अहिले दुइतर्फी अवरोध रहेको छ । अहिले दुई वटा जेसिबीले पहिरो हटाउने कार्य गरिरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ९ : २५ बजे