‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्री ओली र नेता नेपालको भेटवार्ता सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार प्रधानमन्त्री ओलीले र नेता नेपालबीच भेटवार्ता भइरहेको बताउनुभएको हो । काठमाडौं बूढानीलण्ठस्थित व्यवसायी रामेश्वर थापाको घरमा उनीहरू वार्तामा जुटेका हुन् ।

नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । बिहीबार विहान अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गर्नुभएको थियो । आज बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको थियो ।

बैठकले पार्टी एकताको रक्षाका लागि विगतका सबै कुराहरु बिर्सिएर अगाडि बढ्ने र यस प्रयोजनका लागि पार्टी नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फुकुवा गर्ने निर्णयसमेत गरेको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  २ : २२ बजे