‘एउटै नाउरको सिकार गर्न २३ लाख’

इन्टरलाई शीर्ष स्थानमा चार अंकको अग्रता

​​​​​​​एजेन्सी । टोरिनोलाई १–० अन्तरले पराजित गर्दै इन्टर मिलानाले इटालीयन सिरी ए मा शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । 

बुधबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा ३०औँ मिनेटमा डेनजल डम्फ्रिजले गरेको गोलनै इन्टरको लागि तीन अंक पर्याप्त बन्यो । राति नै भएको अन्य खेलमा एसि मिलानले इम्पोलीलाई ४(२ अन्तरले पराजित गर्दै दोस्रो स्थानमा रह्यो । नेपोली भने स्पेजियासँग १–० ले स्तब्ध बन्यो । 

घरेलु मैदानमा रोमा साम्पडोरियासँग १–१ को बराबरीमा रोकिँदा हेलास भेरोना र फ्लोरेन्टिनाले समेत सोहि नतिजा निकाले । लाजियोले १० खेलाडीमा सिमित भेनेजियालाई ३–१ ले पराजित गर्दा बोलोग्नाले सासुओलोलाई ३–० ले पराजित गरेको छ । जितसँगै इन्टर १९ खेलबाट ४६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको एसि मिलान ४२ अंकसहित दोस्रो स्थानमा छ भने ३९ अंकको नेपोली तेस्रो स्थानमा छ । ​​​​​​​

​​​​​​​

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ७ : २५ बजे