‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

चट्याङ लागेर बाजुरामा एक वृद्धको मृत्यु

बाजुरा । चट्याङ लागेर बाजुरामा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका–४ बागेगाउँका ६० वर्षीय खम्म कटुवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जनक बोहराका अनुसार चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर गौमुल गाउँपालिका–४ की ४० वर्षीया साउनी रोकाया घाइते भएकी छिन् ।

उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर रोकायाका चार बाख्रासमेत मरेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ४ : ४६ बजे