‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

देउवासँगको भेटवार्ता सकिएपछि आफना सांसदसँग छलफल गदै ठाकुर

काठमाडौँ — नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन लाग्दा नेताहरु राजनीतिक छलफलका दौडधुपमा छन् । पछिल्लो राजनीतिक घटनाक्रममा निर्णायक जस्तै देखिएका जनता समाजवादीपार्टी पनि दलहरुसँगको छलफलमा तिब्र रुपमा लागिरहेको छ ।त्यसै अनुरुप कांग्रेस सभापति शेरबहादुर देउवासँग जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीचको छलफल सकिएको छ ।

देउवासँग छलफल सकेर फर्किएका ठाकुर र महतो आफ्नो पक्षमा नेता र सांसदहरुसँग छलफलमा जुटेका छन् । देउवा र ठाकुरबीच के के बिषयमा छलफल भयो भन्ने कुरा बाहिर बताएका छैनन । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बुझाउन अध्यक्ष ठाकुरले बबरमहलस्थित पार्टी कार्यालयमा सांसद र आफूनिकट नेताहरूलाई बोलाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  २ : १० बजे