सुनको मूल्यमा नयाँ कीर्तिमान

सहकारीको लागि सनराइज बैंकले ल्यायो ‘भिसा को -ब्राण्ड डेबिट कार्ड’

काठमाडाै – सनराइज बैंकले सहकारी संस्थाहरुको लागि भिसा को -ब्राण्ड डेबिट कार्ड (Visa co-brand Debit card) संचालनमा ल्याएको छ।

पायोनियर एसोसियट, सनराइज बैंक र आईमार्कको सहकार्यमा बैंकले उक्त कार्ड जारी गरेको हो । बैंकका अनुसार हाल पाइलट प्रोजेक्टको रुपमा ५ सहकारी संस्थाहरु मार्फत उक्त कार्ड संचालनमा ल्याएको छ । यसै आर्थिक बर्ष भित्र बैंकले चार प्रदेशबाट थप २५ सहकारी संस्थाहरुमा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। यस कार्ड नेपाल सहित भारत र भुटानमा समेत प्रयोग गर्न सकिने छ ।

पायोनियर एसोसियटले विभिन्न विद्युतिय वित्तीय पहुँचका गुणस्तरिय औजारहरु (Fintech Apps & solutions) उपलब्ध गराउदै आएको छ । पायोनियर एसोसियटले ल्याएको कोशिस सफ्टवेयर हाल देशभरका विभिन्न सहकारीहरुले प्रयोग गर्दै आएका छन् । त्यस्तै कम्पनीले NEXGen CoSys , लघुवित्त वित्तीय संस्था र लघुवित्त नमूना अनुसरण गर्ने सहकारी संस्थालाई, कृषि उत्पादन, प्रशोधन र बजारिकरण गर्ने कृषि सहकारी संस्थालाई FarmSys, उपभोक्ता भण्डार सञ्चालन गर्ने सहकारी संस्थाकोलाई CoSys Store Sys प्रणाली  वितरण गरिसकेको छ ।

पायोनियर एसोसियटले मोबाइल बैंकिड, QR Code सेवा, Management App ब्यबस्थापकलाई तत्कालै जानकारी हुने व्यवस्थापन प्रतिवेदन प्रणाली, सदस्यहरुको घरदैलो तथा ब्याबसाय स्थलमा गइ बचत ऋण किस्ता व्याज आदि संकलन गर्ने कलेक्टर एप (Collector App), गतिशिल सेवाकेन्द्र ( Mobile Counter), साख सूचना ब्यबस्थापन प्रणाली (Credit Information Management Service System), विभिन्न तहबाट प्रगति मूल्यांकन, अनुगमन को साथै प्रतिवेदन प्रणाली, सेवाकेन्द्र कारोवार प्रणाली Inter branch transactions) आदि विभिन्न सेवाहरु उपलब्ध गराउदै आएको छ ।

एसोसियटले यस प्रकारका सेवा उपभोग गर्ने साझेदार सहकारी संस्थाहरुलाई बिहान ७ बजेबाट बेलुकी ७ बजे सम्म हप्ताको सातै दिन सेवा उपलब्ध  गराउनुका साथै अतिरिक्त अन्य सेवा प्रणाली (software) छाडेर कोसिस रोज्ने सहकारी संस्थाहरुलाई तथ्यांक स्थानान्तरण सेवा (DATA Migration) समेत उपलब्ध गराउदै आएको छ । 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ७ : ४७ बजे