‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एनएमबि बैंकद्वारा तेक्वान्दो खेलाडी पलेशालाई ५ लाख नगद र सम्मान

काठमाडौँ । एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ ।

बैंकले गोबर्धनलाई नगद पुरस्कार रु. ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई रु. १ लाख १ हजार रुपैयाँ प्रदान गरेको हो । पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका थिए ।

पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरूप नगद हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १२ : ५१ बजे