‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

न्यूयोर्कमा प्रधानमन्त्रीविरुद्ध कु-प्रचार गर्नेहरूलाई नेपाल प्रवेशमा रोक लगाउन माग 

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको न्यूयोर्क भ्रमणका क्रममा वैकल्पिक राजनीति शक्तिका अभियानकर्ताका समर्थक बाट कु-प्रचार भएको भन्दै उनीहरूको सर्वत्र आलोचना भइरहेको छ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डल नेतृत्व न्यूयोर्कमा रहनु भएका  प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.राणाको स्वागतका लागि गर्न लागिएको कार्यक्रममा अन्तिम समयमा स्थगित गरिएको थियो ।

न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र अमेरिकास्थित नेपाली समुदायको संयुक्त आयोजना उक्त स्वागत कार्यक्रम गर्न लागिएको थियो।

महावाणिज्य दूतावास न्यूयोर्कले सुरक्षा संवेदनशीलतालाई देखाउँदै कार्यक्रम स्थगित गरिएको विज्ञप्ति निकालेर उल्लेख गरेको छ।

‘प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाज्यूको संयुक्त राष्ट्र सङ्घको महासभा, समिट अफ द फ्युचर र अन्य साइडलाइन मिटिङहरूमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको ब्यहोरा सबैमा सूचित गरिन्छ’, महावाणिज्यदूतावासले भनेको छ। 

आइतबार नेपालमा  रास्वपाका सभापति रवि लामिछाने पक्रा पर्ने हल्ला  हुनु र अमेरिकामा यस्तो प्रचार  हुनुलाई धेरैले वैकल्पिक शक्तिका अभियान कर्ताका समर्थकहरूको यस्तो कु-प्रचाार भएको भन्दै आलोचना  गरेको छन् । कतिपयले  प्रधानमन्त्रीलाई विदेशमा अपमान गर्न खोज्नुलाई धेरैले नेपालको अपमान भएको भन्दै सामाजिक सञ्जाल मार्फत विरोध जनाएका छन् । उनीहरूले त्यस्ता व्यक्तिहरूलाई  पत्ता लगाई नेपाल प्रवेशमा  रोक लगाउन समेत माग गरेका छन् । उनीहरूलाई विदेशमा बसेर , विदेशीको भाँडा माझेर नेपाल र नेपालीलाई राष्ट्रियताको पाठ नसिकाउन समेत चेतावनी दिएका छन् । 

यसै सन्दर्भमा टिप्पणी गर्दै एमाले महासचिव शङ्कर पोखरेलले राष्ट्रिय हितविरुद्धको अराजकता भएको टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा उहाँ लेख्नु हुन्छ –

अमेरिकाको उच्च बौध्दिक वर्ग नेपालका प्रधानमन्त्रीलाई सुन्न र सम्वाद गर्न चाहन्छ । तर वैकल्पिक राजनीतिक अभियानका अभियानकर्ता र समर्थकहरु देशको प्रतिनिधित्व गर्दै विदेशमा रहेका प्रधानमन्न्रीका विरुध्द भ्रमपूर्ण कुप्रचारमा जुटेका छन् । के यस्तो चरित्रलाई राजनीतिको बिकल्पका रुपमा नेपाली समाजले खोजेको हो ?  अबश्य होईन ।राष्ट्रिय हित विरुद्धको अराजकताको सबैले विरोध गरौँ।

त्यसै गरी  दिल निशानी मगर सामाजिक सञ्जालमा लेख्नु हुन्छ –अमेरिकामा बसे पनि मरेको भोलिपल्ट अस्तुको पोको बोकेर नेपाल तिरै लैजानु पर्छ । प्रधानमन्त्री जो भए पनि त्यो तिम्रो अस्तु बगाउने नदीको प्रतिनिधि हो। एकवारको जुनीमा गोरेलाई गाँड मराउन पाएँ भन्दैमा सनातनी देशको अतिथि देवोभवः बिर्सिदिने?

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ११ : ३० बजे