काठमाडौं । एमाले स्थायी कमिटीले तत्कालै कुनै निर्णय लिनुपरे अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने निर्णय गरेको छ ।
आज बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको हो ।
बैठकले पार्टी एकताकोरक्षाका लागि विगतका सबै कुराहरु बिर्सिएर अगाडि बढ्ने र यस प्रयोजनका लागि पार्टी नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फुकुवा गर्ने निर्णयसमेत गरको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार १ : ४६ बजे
प्रतिक्रिया