माओवादीले राष्ट्रिय सम्मेलनमा पाहुना र  अन्य दलहरुलाई  नबोलाउने

काठमाडौँ — नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको राष्ट्रिय सम्मेलनमा पाहुना र  अन्य दलहरुलाई  नबोलाउने भएको छ ।

काठमाडौं स्थित प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रले यही पुस ११ देखि १३ गतेसम्म गर्न लागेको सम्मेलमा पाहुना र  अन्य दलहरुलाई नबोलाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् ।

प्रवक्ता महराले पत्रकार सम्मेलनमा आयोजक समूहबाट १७९, सल्लाहकार समूहबाट १४९, जेष्ठ कम्युनिस्ट समूहबाट १२५, केन्द्रीय आयोग समूहबाट ७५, केन्द्रीय विभाग समूहबाट १०२, केन्द्रीय प्रतिनिधि समूहबाट २७, प्रदेश प्रतिनिधि समूहबाट ८०३ र मनोनित समूहबाट ७३ जना गरी कूल १५३३ जना प्रतिनिधि सहभागी र सबै प्रतिनिधिहरु चयन भइसकेको समेत बताएका छन् ।

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ३ : ५६ बजे