काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केही बेरमा भेटघाट हुने भएको छ ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार प्रधानमन्त्री ओलीले र नेता नेपालबीच केही समयपछि जै भेटवार्ता हुन लागेको हो ।
‘केपी कमरेडले माधव कमरेडलाई भेटौँ भन्नुभएको छ । माधव कमरेडले केहीबेरमा खबर गर्छु भन्ने उत्तर दिनुभएको छ,’ नेम्वाङले भन्नुभयो, ‘उहाँको खबर आएपछि आजै दुई जना नेताहरूको भेट हुन्छ।’
प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार १ : ३३ बजे
प्रतिक्रिया