दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भाटभटेनी सुपरमार्केटले पनि ल्यायो दसैं, तिहार र छठको अवसरमा छुटैछुट अफर 

काठमाडौँ । भाटभटेनी सुपरमार्केटले दसैं, तिहार तथा छठ पर्वको अवसर पारेर उसका सबै स्टोरबाट विभिन्न सामग्री खरिदमा भारी छुट प्रदान गर्ने भएको छ ।

असोज १७ देखि कात्तिक २२ गतेसम्म रहने योजनामा सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशत र रेडिमेड गार्मेन्टमा भारी छुटको व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार निर्धारित वस्तुमा ५० प्रतिशत र सबै प्रकारका रेडिमेड तथा जुत्तामा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय ब्राण्डका रेडिमेड आइटम तथा जुत्तामा ७० प्रतिशतसम्म छुट हुनेछ ।

त्यसैगरी चामल, दाल, चना, चिउरा, तेल, चिनी, चियालगायतका खाद्यान्नमा भारी छुटको व्यवस्था छ, जसअनुसार जिरा मसिनो स्टिम चामल २ हजार २२० रुपैयाँमा पाइनेछ । अफर अवधिभर यही मूल्यमा जिरा मसिनो चामल र प्रिमियम सोना मनसुली २५ केजीको बोरा चाडपर्व अफरमा १ हजार ६४० रुपैयाँमै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफर योजनामा लङग्रेन चामल २० केजीको ३ हजार २२५ रुपैयाँमा उपलब्ध हुनेछ । त्यसैगरी मुसरको दाल प्रतिकेजी १४८, मासको दाल प्रतिकेजी २१३, रहरको दाल प्रतिकेजी २८८, मुँगको दाल प्रतिकेजी १६७, ब्राउन चना प्रतिकेजी १६८ र चिउरा प्रतिकेजी १०८ रुपैयाँमा उपलब्ध हुने भाटभटेनीले जनाएको छ ।

कम्पनीका अनुसार तोरीको तेल प्रतिलिटर २७९, सनफ्लावर तेल प्रतिलिटर १९८ र सोयाबिन तेल प्रतिलिटर १९७ रुपैयाँमा उपलब्ध हुनेछ । डीडीसीको घ्यू प्रतिकेजीमा ८१ रुपैयाँ घटाएर ९९९ मा पाइनेछ । चिनी प्रतिकेजी १०२ र चियापत्ति प्रतिकेजी ४९८ रुपैयाँमा उपलब्ध हुने भाटभटेनीले जनाएको छ । 

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : ३५ बजे