काठमाडौँ । नेप्सेमा आज ५८ अङ्कको गिरावट आएको छ । मंगलबार नेप्से ५८.९३ अङ्कले घटेर २४७०.३९ विन्दुमा रोकिएको हो ।
आज ३०९ कम्पनीको कारोबार हुँदा एक करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज स्वरोजगार लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ८.८१ प्रतिशतले बढेको छ । त्यस्तै, आज हिमालयन हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १८ करोड ४१ लाख ६३ हजार ६६ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज प्रभु सेलेक्ट फन्डको शेयरको सबैभन्दा बढी ८ लाख ४० हजार ४९८ कित्ता शेयर कारोबार भएको छ ।
प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार ३ : १७ बजे
प्रतिक्रिया