दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

अवैध लागूऔषध पोल्याण्ड सहित पक्राउ

भक्तपुर – मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमीस्थित सडकबाट करिब २ केजी अवैध लागूऔषध पोल्याण्ड सहित धादिङ गल्छी नगरपालिका-५ बैरेनी बस्ने ३६ वर्षीय भिम बहादुर तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश ३-०२-०१४ प ७०१८ नम्बरको मोटरसाइकललाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १२ : २३ बजे