सुनको मूल्यमा नयाँ कीर्तिमान

सिप्रदीले उपत्यका बाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने, छुट पाइने

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंग प्रालिले  काठमाडौं उपत्यका बाहिर ‘टाटा किएर क्याम्प’ आयोजना गर्ने भएको छ।  यसले  टाटा पेसेन्जर श्रेणीका (पीभी) आइसीई (पेट्रोल र डिजेलमा आधारित) र ईभी (बिजुलीमा आधारित) गाडीहरूलाई लक्षित गरेको छ ।

यो क्याम्प यही असोज ९ देखि ११ गतेसम्म सिप्रदीका धनगढी, सर्रा, हेटौंडा, ढल्केबार र मेचीमा अवस्थित पीभीका सेवासम्बन्धी सञ्जालहरुमा सञ्चालन हुनेछ । कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागी हुने ग्राहकहरूले विभिन्न  विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन् । उनीहरुले ब्याट्री, सस्पेन्सन, ब्रेकलगायत कम्प्युटर परीक्षण जस्ता सुविधा निशुल्क पाउनेछन् ।

ब्याट्री, सस्पेन्सन, ब्रेक लगायत  कम्प्युटर  परीक्षण जस्ता सुविधा निःशुल्क पाइनेछ । ग्राहकहरूलाई पार्टपुर्जा र लुब्रीकेन्ट प्रत्येकमा २० प्रतिशत एवं  लेबर चार्जमा  ५० प्रतिशतको छुट दिइने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : २१ बजे