सुनको मूल्यमा नयाँ कीर्तिमान

सिटिजन्स बैंकले गर्यो लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश दिने भएको हो ।

सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

अब उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ४ : ५० बजे